जताततैबाट जीएन जी को समर्थन

काठमाडौं २३ भदौ । मनव अधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपाल नामक संस्थाले जेन जी को आन्दोलनमा एक्विबद्धता जनाएको छ । साथ प्रदर्शनका क्रममा मृत्यु हुन पुगेका पडितका परिवारहरुमा क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क उपचारका लागि पनि सरकारसँग माग गर्दछौँ भनि प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।  केहि दिनयता सरकारले सामाजिक सञ्जाल बन्द गरेको र देशमा बेथिति भ्रष्टाचार बढेको भन्दै नेपालको पछिल्लो पुस्ता जेनजी ९त्भल श्० मुभमेन्ट नेपालले भाद्र २३ गते गरेको विरोध प्रदर्शन तथा शान्तिपूर्ण आन्दोलनका क्रममा भएका दुखद् घटनाप्रति मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपाल(काहुरास्ट नेपाल)कोे गम्भिर ध्नानाकर्षण भएको छ ।  

माइतीघरदेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रशासन तथा आन्दोलनकारी दुवै पक्षबाट संयमता अपनाउन नसकेका कारण घटनाले उग्र रुप लिँदा दुखद् निधन, सयौँ घाइते तथा भौतिक संरचनामा क्षति हुन पुगेको हाम्रो प्रारम्भिक अनुमान छ ।

भ्रष्टाचार नियन्त्रण गर्न तथा मुलुकको शासकीय प्रणालीमा युवाहरु प्रभाव बढाउन गरिएको उक्त प्रदर्शन काठमाडौँ, पोखरा, चितवन, बुटबल, नवलपुर, धनगढी, महेन्द्रनगर, सुनसरी झापा मोरङलगायत देशका धेरै ठाउँमा प्रदर्शन बढीरहेको खबरसँगै केहि ठाउँहरुमा हिंसात्मक घटना बढ्न सक्ने जानकारी प्राप्त भएको छ । सरकारसँग प्रदर्शनकारीहरुको जायज माग सम्बोधन गर्दै प्रहरी प्रशासनलाई थप संयमित बनाउन तथा आन्दोलनकारी समूहसँग अराजकता बढ्न नदिन काहुराष्ट नेपाल हार्दिक अनुरोध समेत गरेको छ । 

प्रतिक्रिया