@गीता गौतम धमला
काठमाडौं ६ भदौ । एउटा पवित्र सम्बन्ध सुख दुस्खमा साथ दिने साईनो साथी हो । सुखमा साथी, दुस्ख पर्दा साथी, हास्दा पनि साथी, मायामा पनि साथी, घृणामा पनि, साथी आफुभन्दा साना भाई बहिनी पनि साथी, दाजु भाई दिदी बहिनी पनि साथी, आमा बा पनि साथी, सामाजिक सञ्जालका साथी, भौतिक उपस्थितका साथी, छरछिमेकका साथी, पढ्दाका साथी, जागिरे जिवनका साथी आफ्नो उमेर समुहका साथी, साथी कती र को भनेर सम्झन पनि निकै मेहनत गर्नु पर्छ । अहिलेको प्रबिधीयुक्त युगमा बिभिन्न सामाजिक सञ्जाल मार्फत पनि हामी साथीको साईनो गासिरहेका छौ ।
कुनै पनि व्यक्तीको साथमा रहने व्यक्ति हो साथी। साथी वा एक अर्का व्यक्ति प्रतिको पारस्पारिक आत्मियता तथा मायाको सम्बन्धलाई मित्रता भनिन्छ । यो एउटा मनोबैज्ञानिक सम्बन्ध हो । हरेक सुख दुस्खमा साथ दिने व्यक्ति साथी हो ।
साथिको असली परिभाषामा साथ, माया, सहयोग भनेर उल्लेख भएको भएपनि हिजो र आजको साथी साथी बीचको सम्बन्धमा आकाश जमिनको भिन्नता रहेको कुरा मेरो मानसपटलमा खड्किन्छ।
हिजोका साथिहरुमा सहयोगको भावना थियो । साथीलाई दुस्खमा होस् वा सुखमा मरिमेटेर साथ दिने गरिन्थ्यो । तर आजको पुस्तामा सहयोगी भावनामा कमी आएको छ । कमी आउदै गर्दा सहयोगको भावना र साथीको असली रुप नै समेत हराउछ की भन्ने डर मनमा कता कता लाग्न थालेको छ । आ(आफ्नो अनुहार पुस्तिका आजको बालक देखि बृद्धा सम्मको सजिलो र लोकप्रिय जस्तै बनेको सामाजिक सञ्जाल हो। यस्तो अनुहार पुस्तिका जसमा २र४ हजार साथी प्राय गरी सबै जनाका हुन्छन् । यसले आफ्ना साथीहरुको अवस्था, आराम(बिराम सजिलै थाहा दिने गर्दछ । बर्षै नभेटेको जो कसैलाई पनि यसले भेटिरहेको महसुस गराउँछ । यी यस्ता अवस्थाहरु यसको राम्रो पक्ष हो । के हामीलाई ती अनुहार पुस्तिके साथीहरुको सुख दुस्खमा साथ पाएका छौ तरु यो लेखकको वास्तविकता झल्किने प्रश्न हो । हामी सबैलाई थाहा छ यी यस्ता अनुहार पुस्तिके साथीहरुको पोष्ट हेरेर समय बर्वाद गरिरहेका छौ तर यिनीहरु दुस्खका साथी होइनन्। यस्ता सम्पूर्ण कुराहरु थाहा हुँदाहुदै गर्दा पनि हामीमा यो लत लागिसकेकोले छुटाउन गाह्रो परिरहेको छ। यो राम्रो पाटो होईन । यसरी समय र प्रबिधीको विकाससँगै भएको परिवर्तनका कारणले भावनात्मक मित्रता हराउदै गएको छ । आजको स्वार्थी दुनियमा साथीका यस्ता उदाहरण पनि प्रसस्त भेटिन्छन। जस्तै दुई जना एकदमै मिल्ने साथी छन् । एउटा सफा मन भएको हुन्छ उ सधै साथीको लगि आफ्नो सारा चिज बस्तुहरु अर्पण गर्न पनि पछि पर्दैन उसलाई थाहा हुदैन की साथीको मनले मलाई धोका दिदैछ भनेर उता साथी चाही उसको सफा मनको फाईदा उठाउदै हुन्छ। कसरी इमान्दार साथीलाई चपेटामा पार्ने भनेर अर्को साथी मनमनै दौडिरहेको हुन्छ । यो उदाहरण अहिलेको समाजको प्रतिनीधि पात्र हो
मैले यहाँ उजागर गर्न खोजेको मुख्य बिषयबस्तु पनि यही हो । हिजो भएको त्यो चोखो मित्रता आज कहाँ गयो रु के कारणले यसरी समाज स्वार्थी हुदैछ रु भन्ने जस्ता कुराहरु पनि यो पिंढीले खोजेर कारण पत्ता लगाई आज पनि हिजोको जस्तै निस्वार्थी र सहयोगी साथी खोज्नु पर्ने देखिएको छ ।
नेपाली समाजको “ गाँस छोड्नु साथ नछोड्नु ”भन्ने युक्तिलाई किन अहिलेको पुस्ताले बुझि रहेको छैनरु यो भनाईलाई गहिरो अध्ययन गर्दा साथीर साथ मानिसको खाना भन्दा पनि माथि छ भन्ने बुझिन्छ। यसर्थस् एउटा साथीले उसलाई इज्जत गर्छ भने त्यो साथीलाई उसले पनि इज्जत दिन जान्नु पर्छ र त्यसैले एक अर्काको सम्मान र साथ कायम रहन्छ । संस्कार संस्कृती जोगाउन पनि साथी साथी बीचको असल साथ कायम रहनु पर्छ । लेखक नेपाल न्याय सेवाको नायव सुब्बा पदमा कार्यरत हुनुहुन्छ ।