काठमाडौं १५ माघ । कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले वडा नम्वर ६ मा विपद व्यबस्थापन पार्क र रेडक्रस भवन बनाउने बताउनुभएको छ । नेपाल रेडक्रस सोसाईटी कागेश्वरी मनोहरा रेडक्रस स्मारिकाको विमोचन कार्यक्रममा उक्त कुरा बताउनुभएको हो । नगर प्रमुख कार्कीले रेडक्रसको कार्यलाई प्रशम्सा गर्दै रेडक्रस विपदको साथी भएको बताउनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका सभापति श्यामकाजी डोटेलले यस उपशाखाको क्रियाशिलताले आफुलाई खुशी र सन्तुष्टि बनाएको बताउनुभयो । उपशाखाका सभापति बासुदेव पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कुन्ति फाउण्डेसनका अध्यक्ष कुन्तिदेबी पोख्रेल, नगरका विभिन्न वडाका वडा अध्यक्षहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधी, जुरेसो युरेसोका प्रतिनिधीहरु रेडक्रसका आजिवन सदस्यहरु, रक्तदाता लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
