महालक्ष्मी विकास बैंकले वैदेशिक रोजगारबाट फर्किएका नेपालीलाई नव उद्यम कर्जा दिन

काठमाडौं १२ असोज । महालक्ष्मी विकास बैंकले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई सफल उद्यमी बनाउने उद्धेश्यका साथ आकर्षक ब्याजदरमा नव उद्यम कर्जा सञ्चालनमा ल्याएको छ । 

वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुसँग व्यवसाय सञ्चालन गर्न आवश्यक सीप, अनुभव र केही रकम बचत समेत हुने तर पर्याप्त लगानीको अभावको कारणले आफुले चाहेको व्यवसाय गर्नबाट वञ्चित व्यक्तिहरुलाई लक्षित गर्दै नव उद्यम कर्जा सञ्चालनमा ल्याएको हो । कृषि, ब्यापार, सेवा तथा उत्पादनमा आधारित विभिन्न व्यवसाय सञ्चालन गरी उद्यमशीलता विकास गर्न सकिने अभिप्रायका साथ सञ्चालनमा ल्याइएको यस्तो कर्जा प्रतिस्पर्धी व्याजदरमा उपलब्ध गराउने जनाएको छ । 

 १० लाख देखी १ करोड सम्मको कर्जा सीमा हुने र अवधी न्यूनतम २ वर्ष देखी अधिकतम १५ वर्ष सम्म रहने बताईएको छ ।

प्रतिक्रिया