श्रीतीले गरिन् श्रीमानको हत्या

काठमाडौं २० असोज । निदाएको बेला टर्च लाइटले हानेर श्रीमतिले श्रीमानको हत्या गरेकी छिन् ।  दाङमा  भएको यस घटना पछि श्रीमानको हत्या आरोपमा उनी पक्राउ समेत परेकी छन्  घोराही उपमहानगरपालिका–१ मा ६४ वर्षीय श्रीमान ढालबहादुर चौधरीको हत्या आरोपमा उनकै ६२ वर्षीया श्रीमती छायादेवी चौधरी पक्राउ परेकी हुन् । दाङका प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार शनिबार राति १० बजेतिर आपसी विवादका क्रममा श्रीमती छायादेवीले श्रीमान ढालबहादुरको टाउकोमा टर्च लाइट प्रहार गरेकी थिइन् । प्रहारबाट ढालबहादुरको टाउको फुटेको थियो । अत्यधिक रक्तश्रावका कारण बिहान ढालबहादुर मृत फेला परेका थिए ।

प्रतिक्रिया