दसैँका लागि ल्याइएका च्याङ्ग्रा तिहारसम्म पनि नबिकेपछि लिलाम गरिने

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि ल्याएका च्याङ्ग्रा तिहार सकिँदा पनि बिक्री नभएपछि लिलाम गर्ने भएको छ ।

कम्पनीले दसैँअघि १६ सय ६० खसीबोका र ५ सय ४२ वटा च्याङ्ग्रा ल्याएकोमा ८० च्याङ्ग्रा नबिकेका हुन् । बाँकी रहेकालाई पाल्नसमेत समस्या भएपछि कम्पनीले लिलाम गर्न भन्दै सूचना निकालेको हो ।

तिनीहरूलाई दैनिक १८ सय रुपैयाँको घाँस र स्याहार गर्ने दुई जनालाई ३६ सय ज्याला दिनुपर्ने भएपछि बिक्रीका लागी सूचना जारी गरिएको कम्पनीले जनाएको छ । च्याङ्ग्रालाई प्रतिकेजी एक हजार एक सय २५ रुपैयाँ तोकिएको छ ।

कम्पनीले टेन्डर पेस गर्ने म्याद आगामी पुस १ सम्म तोकेको छ । दसैँका बेला प्रतिकेजी १२ सय ५० रुपैयाँमा बिक्री गरिएका च्याङ्ग्रा सबै नबिकेपछि अहिले घटाएर ११ सय २५ कायम गरिएको हो ।

प्रतिक्रिया