@सालबी बिश्वास
कानुनी रुपका पतिजी
दिर्घायु भव
म त याँहा लड्दै,उठ्दै र कुद्दै संघर्ष गरिरहेछु , तिमिलाई कस्तो छ ? म त चाहान्छु हाइसञ्चो होस् ।
शताब्दीले जुनमा प्रवेश गरेपनि म तिमिसँग अन्मिने बेलामा आइ ए दोस्रो वर्षमा राजनिति शास्त्र ऐच्छिक विषय लिएर सूचना, स्वतन्त्रता र समानताको हक पढिरहेकी १७ वर्षे युवती थिएँ । मेरो अनुपस्थितिमा आजको दिनमा कुरा छिन्ने टिकाटाला र भोलिको दिनमा म अन्मिएको क्षण हिजो जस्तै लाग्छ । दिदिबहिनि विनाको तिम्रो घर,बुढा बावु आमा, काम गर्नेको अभाव, कति खुशिसाथ भित्र्याएका थियौ नि त्यसताका ।
मेरो लह लह जोवनमा तिमि मस्ति गरेर मच्चिन्थ्यौ तर म दिनभरिको थकानले तन्द्रामा पर्थे । हरवखत म तिम्रै स्याहार सुसारमा तल्लिन हुन्थे । जव म महिनावारी हुन्थे तव तिमि कहाँ जान्थ्यौ ? मलाई अत्तोपत्तो हुदैनथ्यो, म तिम्रो खोजिमा भौतारिन्थे । तर तिमि चार दिन नवित्दै टुप्लुक्क आईपुग्थ्यौ ।
तिमि मेरो सर्वस्व, म विहान विहान खुट्टाको पानी खान्थेँ । भगवानको पूजा गर्नुअघि म तिम्रो पूजा गर्थेँ किनकि भगवानको कारण मेरो केहि गुम्दैनथ्यो तर तिमि नभए मेरो सिगांर पटार र रातो लुगा सवै गुम्छ भन्ने भ्रम थियो मलाई । तिमि बिना मेरा निम्ति समाज कहालिलाग्दो र भयावह हुन्छ भन्ने त्रासले मलाई हरपल गाजिँरहन्थ्यो । त्यसैले त म तिमिलाई विहानै खाजा, त्यसपछि खाना, पाइला पाइलामा हेरविचार र स्याहार सुसारमा खटिरहन्थे । मेरो सर्वस्व तिमि । मैले जति मेरो अस्तित्वमा तिम्रो आवश्यकता र महत्व दर्शाउथे तिमि त्यति वलिया हुन्थेउ । तिमिलाई म वोलेको मनै पर्दैनथ्यो । तिमि चाहन्थ्यौ म जति जान्ने बुझ्ने भएपनि तिमभिन्दा तलै परिरहुँ । मेरो तार्किकतामा तिमि धेरै जलेका छौ । मेरो क्षमताले तिमिलाई धेरै आघात पुर्याएको छ । त्यसैले त भन्थ्यौ जति दरह्रो भएपनि कर्कलाले घर थाम्न सक्दैन । तर कमजोर भएपनि अग्राखले घर थेग्छ । तँ कर्कलो म अग्राख ।
मेरा जिवित माइतीलाई तिमिले धेरै पटक सद्विउ छरिरहेउ । म भने रोइरहे । तिम्रो चित्त नवुझ्दा मेरा बावुले गाली पाउथे । तिमिलाई खान नपुग्दा बावुको सम्पत्तिमा दाह्रा किटेका छौ मलाई माध्याम बनाएर । रक्सीको मातमा रहेर गरेको त्यो बलात्कार धेरै लामो हुन्थ्यो । रक्सिको मातमा गरेको वलात्कार सहन नसक्दा तिमिले पेटी भाँचेका छौ मेरो जिउमा निल डाम बनाएर । म भने चुकुल र पर्दा लगाएर सहन्थे भगवानको नाम जप्दै । तिम्रो खुट्टाले मेरो शरिरमा प्रहार गर्दा म सम्झन्थे, तिम्रो खुट्टा बचाउनु मेरो कर्तव्य हो । एका विहानै छिमेकीले साहानुभुति जनाउदा म छल्थेँ , गाउँमा मेरो हजुरआमा खस्नुभएछ त्यसैले म रातमा रोएकी । मेरो लेख्ने कला र स्पष्ट बोल्ने क्षमता तिमिलाई फिट्टु मन पर्दैनथ्यो । तिमि मलाई कोठाभित्र बाध्न चाहन्थेउ तर तिम्रो मनले मेरो शरिर खोजिरहन्थ्यो । त्यसैले तिमि जल्थेउ मात्रै मलाई रोक्न सक्दैनथ्यौ । तिमि ठूलो मान्छे बन र अमर रहु भन्ने मेरो मनोचाहना मात्रै हैन भगवानसगँ कामना पनि हुन्थ्यो । त्यसैले त म माघको ठन्डीमा पनि स्वस्थानीको पूजा लगाउथे ।
जतिखेर तिम्रो दिर्घायुको कामना गरेर म निरहार तिज व्रत बस्थेँ । त्यतिखेर तिमि भोको पेटको वलात्कारमा भनेजस्तो शक्ती नपाउँदा मलाई पिटिरहन्थेउ । म सहिरहन्थे । मलाई लाग्थ्यो कि तिमिले पिटेको वाहिर थाहा भए मेरै वेइजत हुन्छ भनेर । तिम्रो र मेरो सम्वन्ध विग्रिन्छ कि भनेर कयौं ईच्छा र चाहना मारेकी छु मैले । तिम्रो खुशि र ईच्छामा बलीको बोको बनिएकी छु म । जव तिमि भन्थेउ म एक्लै बस्छु तँ माइत जा , म बाटो लाग्थे । फेरी तिमि कहिले मलाई तेरो आवश्यकता छ आईज भन्थेउ म लुरुक्क आउथे । तिमिलाई जे मन लाग्छ त्यहि भनेर सम्वोधन गर्थेउ मलाई कहिले तँ कहिले तिमि, कहिले स्वास्नि त कहिले फलानो ....मेरो विवशता हजुर आउनुस् र जानुस् मात्रै ।
तिम्रो मस्तिको परिणाम मैले १० महिने सास्ती वेहोर्नु पर्यो । जसको फलस्वरुप कलकलाउदी छोरीको जन्म दिएँ । मैले तिम्रो नाममा पढाई छोडेँ । इच्छा चाहना छोडेँ । साथै हक अधिकार र बावु आमाप्रतिको कर्तव्य पनि । गार्मेन्टको धागो काटेर कमाएको ५०० ले जसो तसो आर आर क्याम्पसमा भर्ना भएकी मलाई तिमिले परिक्षा दिन दिएनौं । त्यसमा मैले न त प्रतिकार गर्न सकें न त आवाज उठाउन । तिमि जे भन्छौ अनि जे गर्छौ मैले सहिरहेँ, मैले मानिरहेँ । तिम्रो गाउँको मास्टरको जागिर अनि तिम्रो खटनपटन जति अभाव खड्किए पनि मैले चित्त वुझाइरहे । तिमिले भनेउ घरमै वस्, हाम्रो हेरविचार गरेर । लाली पाउडरले सिगांरिएर आर्कषक बनिरहनु । म अफिसबाट आउदा तेरै शरिरबाट सवै थकान विर्सौ । खै किन हो मैले मेरा ईच्छालाई नकारेर तिम्रा ईच्छालाई स्विकारिरहे । एक वर्ष नवित्दै अर्की छोरी जन्मि । तिमि चाहान्थेउ छोरा । किनकि तिमिलाई लाग्थ्यो कि छोराले नै बश्ां र अंश जोगाउछन् । बंशको उत्तराधिकारी छोरा खै भन्दै तिमिले मलाई धेरै तनाव दिईरहेउ मैले भने सहिरहे ।
तिमिले एक्कासी मलाई शहरमा लगेर छोडेउ । म त तिम्रो निर्देशन मान्ने मान्छे । लुरुलुरु शहर पँसे र वसें । दुईवटि छोरी र पेटमा नासो छोडेर पलायन भएका तिमि दशकौंसम्म फर्केनौ । सुन्छु तिमिले त अकै घरजम वसालेर छोरा पनि जन्माइसकेउ रे ।
सोचेका होलाउ पहिला जस्तै अहिले पनि स्वस्थानीका रोटीहरु कुहाएर म र तिनवटी छोरी तिम्रो आगमनको प्रतिक्षामा वसिरहेका छौं भनेर । तर अव तिमिले सिकाएका गलत पाठहरु मसगँ बाकि छैनन् । सहि के हो गलत के हो सवै मैले सिकिसकँ, जानिसकँ, बुझिसकँ । तिम्रो अनुपस्थितिले मलाई धेरै बदलेको छ । धेरै सिकाएको छ । जतिबेला म तिम्रो साथमा थिएँ । त्यतिबेला मलाई चार चौकोस भित्र राखेर तिमि सुरक्षा गार्ड बनिरहेउ । म अन्जानमा त्यसैमा अल्मिलिरहे । मलाई आज पछुतो छ । मेरो जवानीका उर्जाहरु तिमिमाथि खर्च गरेर सकेँ । मलाई अहिले ग्लानी हुन्छ आफैलाई भुलेर तिमिलाई सर्वस्व ठानेको सम्झिदा । अहिले त मलाई लाग्छ तिमिले गरेका अपराधमा चुपचाप सहने म दयनिय पात्र मात्र नभई म अपराधी पनि हो । त्योे कहालीलाग्दो समयमा तिम्रो राक्षसी व्यभारमाथी प्रयोग गरेको उर्जा म माथि प्रयोग गरेकी भए आज धेरै बलियो भइसक्थेँ । माथि उठिसक्थे । अहिलेपनि हिम्मत हारेकी छैन । मैले ढिलै भएपनि वुझ्न पाएँ र अव वलियो हुने प्रयासमा जुटिरहेकी छु । मलाई लाज लाग्छ म भोको रहेर सधैं तिमिलाई अगाउन पटि लागेको सम्झिदा । मलाई ग्लानी हुन्छ, तिम्रो दानवरुपी व्यभार वर्सिदा पनि भगवान ठानेर पूजा गरिरहेको सम्झिदा । मैले जवानीमा जे जे सहेँ त्यसका कारणहरुमा मेरो आर्थिक हैसियत नहुनु एक मूख्य कारण थियो । आफ्नो खुटामा आफैं नउभिएकाले मलाई डर थियो तिमिलाई खुशि पार्न र रिझाउन नसके वेसहारा हुन्छु भन्ने । स्वाबलम्वी र समानताको पाठ मैले बेलैमा सिक्ने अवसर नपाएपनि छोरीहरुलाई राम्ररी सिकाएकी छु । छोरीहरुलाई संघर्षको मैदानमा उतार्ने प्रयासमा जुटिरहेकी छु । वाल्यकालमा बावुको वतप्रोतले मलाई कमजोर बनायो । जवानीमा तिम्रो सुरक्षाले । त्यसैले छोरीहरुलाई सुरक्षाको आवश्यकताको महशुस गराएकी छैन । चाहे जे होस् मेरो नजरमा तिमि विटुलो भइसकेका छौ । अव मलाई चाहेर पनि तिमिले पाउन सक्दैनौ । आफ्नो कर्तव्यलाई अगांल्न र निभाउन नखोजि भड्किएका इन्द्रियसगँ चर्दै हिडेका तिमिलाई किन स्विकारौं म ? तिम्रै प्रहारले सिकिस्त बनेको पेटको उपचार गर्न म नै घस्रीनु पर्छ भने अनि त्यो घस्रेको बखत दाउ छोपेर तिमि अर्को लात्ती बजारीरहन्छौं भने बचेखुचेको मेरो उर्जा तिमिमाथि किन खर्च गरिरहने ?
बल भएका तर बुद्धि र विवेक नभएकाहरुले बनाइदिएको महिला भन्दा पुरुष जान्ने हुनुपर्छ भन्ने नियमलाई तिमिले निरन्तरता दिन खोजेउ । विचरा तिम्रो के दोष ? जे सिकेउ त्यहि गरेउ । के सही भन्ने कुरा पत्ता लगाउन नसकेका त हौ नी । पितृसतात्मक सोचमा हुर्केका तिमिलाई मानवताबादी सोचमा ल्याउन नसक्नु सायद परम्परागत शैक्षिक प्रणालीको पनि देन होला ।
चाहे जे होस् संघर्षको मैदानमा उत्रेर एउटा काम समाएकी छु । जसबाट छोरीहरुलाई दोस्रो दर्जाको नागरिक हैन नागरिक बन्ने पाठ सिकाईरहेकी छु । स्वतन्त्रताको संग्राममा रहेर महसुस गरिरहेकी छु तिमिमा भन्दा म मा मानवताबादी सोच दोब्बर रहेछ । हिजोका दिनमा तिमिबाट जे भोगे त्यो तिमिलाई भोगाउन सक्दिन यदि तिमि भोग्न तयार हुन्छौ भने पनि ।
आज बुझेका कुरा हिजै बुझेको भए यत्तिका समय तिमिमा खर्चिन थिइन । पितृसतात्मक सोचले मेरो मस्तिष्कमा पट्टि बाधिदिएको थियो । फलस्वरुप पट्टि खोल्न सक्ने भएपछि मात्रै सहि छुटाउन सकेकी हँ । अझै बुझेर पनि लामो समय तिमि सगँ खर्चिनु भन्दा छोरीको भविश्यमा जान हतार छ मलाई । त्यसैले तिमिसगँ सधैलाई बिदा ।