जिन्दगीको भेगाई

?दिपा नेपाल, काठमाडौं, २० साउन ।

मेरो जन्म २०५० सालमा धादिंग जिल्लाको नलांगमा भएको हो । हाम्रो परिवारमा ६ जना छोराछोरी जन्मिएका थियौं । ५ वटी छोरी र १ छोरामा म कान्छी छोरी हँु । पहिला पहिला छोरीको सानै उमेरमा विवाह गरिदिने चलन थियो । मेरी ठुली दिदिको २०५१ सालमा विवाह हुने भयो । म ८ महिनाको हुँदा दिदिको विवाह भएको हो । गाँउले सवै जम्मा भएर विवाहको काम धन्दा गर्न थाल्नुभएछ । आँगनमा धमाधम टपरी गाँस्ने काम भईरहेको थियो । मलाई भने घरभित्र मुलओच्छयानमा सुताउनुभएको रहेछ । अँगेनामा मकै भुटेको भुग्रों रहेछ । अरु सवै बाहिर काममा व्यस्त भईरहेको बेला म भने भित्र घस्रिदै घस्रिदै अगँेनामा परेछु । बच्चा चिच्याएको आवाज सुनेर पात गाँस्नेहरु सवैजना भित्र पसेर हेर्दा मेरो हात कुहुईनाबाट तल पुरै जलीसकेछ । एउटा छोरीको विहेको रौनक, अर्को छोरीको हात पुरै जलेको । परिवारमा रुवाबासी र बज्रपात भयो । त्यो समयमा तुरुन्तै हस्पिटल लैजाने चलन पनि रहेनछ । जलेको ठाँउमा अन्डा र गोलभेडाँ दलिदिनुभयो रे आमाले भन्नुभएको । दिनहरु वित्दै गए । मेरो देव्रे हातको ४ ओटा औला झर्दै पनि गए । मेरो दाहिने हातको बुढी औंला मात्र बाँकी बस्यो र अरु एकै ठाउँमा टासिएर रोटी झै बन्यो । यसको चार वर्ष पछि हातलाई चिरेर दुई भाग बनाइयो जहाँ बुढी औंला नै तिन वटा औंला जस्तो बन्यो । यति हुदा हुदै पनि गाँउ घरको सम्पुणर् काम धन्दा मेला पात मैले गर्न सक्थेँ । हातको कारण कुनै काम मबाट रोकिएको थिएन र छैन पनि । २०५३ सालमा मेरो आमा धेरै विरामी पर्नुभयो । आमाको पेटमा बच्चा बसेछ । हामी ६ जना सन्तान जन्मिसकेका थियौं । त्यसैले होला आमालाई केहि अप्ठारो परेको अनुमान गर्न सक्छु अहिले म । उहाँले डाक्टरको सल्लाह विनै बच्चा खेर जाने औषधि सेवन गर्नुभएछ । जसको कारण अत्याधिक रक्तस्राव भएर आमा निलो बन्न पुग्नुभयो । एक महिनाभन्दा बढि थला पर्नुभएछ । म जम्मा तिन वर्षको मात्रै थिएँ त्यतिवेला । उपचारको लागि गाँउबाट काठमाडौ ल्याउदाल्याउदै बाटामै आमाको दुःखद निधन भएछ । दाई दिदिहरुपनि सानै हुनुहुन्थ्यो त्यसवेला । ठूलो दिदि नै जम्मा १५ वर्षको हुनुहुन्थ्यो । अरु धेरै साना थियौं । ठूलो दिदिको १५ वर्षमा विहे गरिदिसक्नुभएको थियो । त्यसपछि त झन हाम्रो घरको अवस्था झन नाजुक बन्न पुग्यो । सवै दिदिहरु र दाई पढ्दै हुनुहुन्थ्यो । सानो सानो उमेरको थियौं हामी सवै । आमा वितेपछि दिदिहरुको पढाई विचमै रोकिन पुग्यो । हामी सानो भएकोले बुवाले गाँउकै एकल महिलासँग विवाह गर्नुभयो । हामीले चिने जानेको गाँउको व्यक्ति भएकोले उहाँलाई हामीले दिदि भनेर सम्वोधन गर्न थाल्यौं । उहाँले कहिल्यै हामीलाई आमाको अभाव महसुुस हुन दिनुभएन । उहाँले हामीलाई काखमा राखेर हुर्काउनुभयो । उहाँ आएपछि दिदिहरुले पढाईलाई निरन्तरता दिन थाल्नुभयो । दिदिहरु ८ कक्षामा पढ्दापढ्दै विहेको कुरा आउन थाल्यो । पढ्ने, विहे नगर्ने भन्दा पनि यस्तो केटा पाउन गाह्रो हुन्छ भन्दै माईलि र साईलि दिदकिो विहे गरिदिनुभयो । दाई भने घर व्यभहार मिलाउन पैसा कमाउन विदेशिनुभयो । दाईले दिदिहरुको विहेखर्च, हाम्रो पढाई खर्च लगायत भाईको हेरविचारका साथै काठमाडौंमा जग्गा समेत किन्नुभयो । दाईले विहे गरेर राम्रो , हामीलाई बुझ्ने ,माया गर्ने भाउजु भित्र्याउनुभयो । यसरी हामीले आमाको अभाव भुलाउने भाउजु पायौं । साहिलि दिदिको पनि विहे भएपछि अव विहेको रोलक्रम मेरो थियो । मैले टेन प्लस टु सकेपछि मेरो नि विहे गर्ने कुरो आयो । सवैलाई मेरो पिर चिन्ता घेरै थियो । मेरो हातको समस्या भएको कारण सवै मेरो वारेमा चिन्ता लिनुहुन्थ्यो । राम्रो केटो पाए विहे गरिदिने कुरा गर्नुहुन्थ्यो तर म मास्टर डिग्रि नगरि विहे नगर्ने अडान लिईरहेकी थिएँ । म काठमाडौंमा ब्याच्लर पढ्न थालें । मैले पुणर् छात्रावृतिमा नाम निकालें । तर मेरो दाईले त्यो पैसा खाता खोलेर राख म पढाउछु व्याच्लर भन्नुभयो र मैले राम्रोसगं व्याच्लर पास गरें । अव भने झन सवैलाई मेरै चिन्ता बढि हुन थाल्यो । हातमा पनि समस्या छ । कस्तो सगँ विहे होला भनि कुरा गरिराख्नुहुन्थ्यो । यसले आफैं केटा खोजेपनि हुन्थ्यो भन्नुहुन्थ्यो तर सवै दिदिहरुको मागि विवाह भएको हो । म मा पनि केटा सँग बोल्ने, हिड्ने कुनै बानी थिएन । गाँउको केटी एकोहोरो सोझो पाराले अगि बढिरहेकी थिएं । मलाई बिहे गर्न भनि धेरैतिरबाट कुरा आउन थाल्यो । तर म चै केटामा ममा जस्तै कुनै खोट भएका,े समस्या भएको केटो भए विहे गर्ने भन्न थालेकी थिएं । नत्र भोलिको दिनमा हेला होचो गर्लान की भन्ने डर लाग्थ्यो । एक दिनको कुरा हो म मेरो काकाको विवाहमा जन्ति जान गाडी चढेकी थिएं । एक जना बुढो मान्छे मेरो नजिकैको सिटमा आएर बस्नुभयो । उँहाले मलाई तिमि विहे गर्ने हो ? तिम्रो बुवाले त राम्रो केटो पाए छोरीको विहे गरिदीने भन्दै हुनुहुन्छ । भन्नुभयो । मैले भनेजस्तो, राम्रो केटो भेटे गर्ने भनिदिएँ । उहाँले राम्रो भनेको कस्तो भन्नुभयो ? मैले मेरो हात देखाउदै भने, मेरो हात यस्तो छ, काठमाडौतिर बस्ने, कामको सिजनमा गाँउ जाने , राम्ररी परिवार पाल्ने खालको भए गर्ने भनिदिएं । त्यसपछि उँहाले कुरा अगाडि बढाउनु भयो । मेरो सालीको छोरा छ । काठमाडौंको गोकणर्मा घर छ । चितवनमा एक विघा जग्गा छ भन्नुभयो । केटा आचाृर्य पढेको हो । पूजापाठ गराउछ भन्नुभयो । मैले उहाँलाई फेरी मेरो हातको कुरा सम्झाएं । उहाँले म एकफेर कुरा गरि हेर्छु भन्नुभयो । मैले हुन्छ भनेपछि कुरा अघि बढ्यो । केटापक्ष र हामीले जोरपाटी अत्तरखेलको होटलमा मःम खादै कुरा गर्यौं । मेरो बुवा र केटाको आमा कुरा गर्न लाग्नुभयो । बुवाले छोरीको हात यस्तो भएपनि नजानेको काम केहि छैन भन्नुभयो । आमाले ओके गरेपछि केटालाई हुने रहेछ । हामी केटा र म पनि त्यहि बोल्यौं । तर मलाई भने केटासंग बेग्लै कुरा गर्न मन लागिरहेको थियो । मैले एक्लै लगेर कुरा गरें । तपाँईले त हुन्छ भन्नुभयो , मैले नी हुन्छ भने तर पछि गएर तेरो हात यस्तो भनि हेला गर्ने पो हो की ?  पछि नराम्रो हुनुभन्दा बरु अहिले नै विचार गर्नु है भन्दै मैले कुहिनादेखि तल मेरो पुरै हात देखाइदिएं । उहाँले घरको काम लुगा धुन, भात पकाउन सके त भइहाल्यो नि भन्नुभयो । त्यति त म गर्न सक्छु । म गाउँमा मेलो पात हिड्ने, घाँस काट्ने सवै गर्थे, मैले भने । उहाँले मलाई यत्तिको केटी भए हुन्छ । एउटा खट्ुटा नभएकोले त गरि खाको छन् तिम्रो के नै भाको छ  र  बरु तिमिलाई म कस्तो लाग्छ भनि सोध्नुभयो । हौषला दिनुभएकोले म पनि झन आकर्षीत भएँ । तपाईलाई भए मलाई नि हुन्छ भनिदिएँ । सासुआमाले पनि फुलको कोपिला खेलाए झै खेलाउन पाउदैनौ नी छोरा भन्दै आजबाट तिमि मेरो छोरी भयौं भनि खुशि हुनुभयो । यसरी मेरो विवाह हुन पुग्यो । 

अहिले त मेरो विहे भएको पनि नौ वर्ष वितिसकेको छ । घर स्वर्ग जस्तै आनन्द्दमय छ । सवैको साथ र सहयोगले अगि बढ्न सहज भइरहेको छ । एक छोरी र एक छोराको जन्म भइसकेको छ । उनिहरु बोर्डिगं स्कुलमा पढिरहेका छन् । बच्चा सानु हुन्जेल म बच्चाकै स्याहार सुसारमा व्यस्त बनँे । जव बच्चालाई स्कुल पठाईयो त्यसपछि मैले फुर्सद पाएको कारण कामको खोजिमा थिएँ । 

हाल म १५ वर्ष भन्दा माथिका दिदिबहिनीहरुलाई पढाउने काम गरिरहेकी छु । योगमाया महिला विद्यालयमा सानोमा पढ्न नपाउनुभएका दिदिबहिनिहरु पढ्न आउनुहुन्छ । मलाई यस विद्यालयमा पढाउदा बहुत आनन्द्द र रमाईलो लाग्छ । याँहा दिदिबहिनिहरु साह्रै मेहनत र उत्साहका  साथ पढाईमा तल्लिन हुनुहुन्छ । याँहा विभिन्न किसिमका आत्मनिर्भर बनाउने र क्षमता बढाउने तालिम पनि दिईन्छ । 

अहिले म जिन्दगीलाई सकारात्मक तरिकाले अगाडि बढाउन र व्यतित गराउन लागि परिरहेकी छु  ।

प्रतिक्रिया