काठमाडौं ६ असोज । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले एकै पटक तीन ठाउँमा साधारणसभा सम्पन्न गरेको छ ।
१७ हजार ८ सय सदस्य रहेको भक्तपुरको सिद्धि गणेशले अजिमा पार्टी महल, स्टार बैंक्वेट र महेश्वरी बैंक्वेटमा गरी ३ ठाउँमा एकै दिन ३१ औं साधारणसभा गरेको हो ।
साधारणसभाले कोषाध्यक्ष जयराम गोर्खालीद्वारा प्रस्तुत आ.व. २०८१÷०८२ को श्रोत तथा उपयोग तर्फ तीन अर्ब छबिस करोड एकतीस लाख त्रिचालीस हजार एक सय नौ रुपैंयाँ र आय तथा व्यय तर्फ पच्चिस करोड चालिस लाख सन्तानब्बे हजार आठ सय पच्पन्न रुपैयाँको यथार्थ आर्थिक प्रगति प्रतिवेदन पारित गरेको थियो ।
आ.व.२०८२÷०८३ को स्रोत तथा उपयोग तर्फ तीन अर्व छतीस करोड रुपैया र आय तथा व्यय तर्फ एक्काईस करोड अठहत्तर लाख बाह्र हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रमहरु पारित गरेको थियो ।
सभाले संचालक समितिको तर्फवाट सचिव विष्णु प्रसाद दुमरुद्वारा प्रस्तुत आ.व. २०८१÷०८२ को प्रगति प्रतिवेदन तथा आ.व. २०८२÷०८३ को प्रस्तावित कार्यक्रमहरु पनि सर्वसम्मतले पारित गरेको छ ।
सभाले लेखा सुपरिवेक्षण समितिको तर्फवाट संयोजक राम प्रसाद लाखाजुद्वारा प्रस्तुत आ.व. २०८१÷०८२ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गर्ने निर्णय गरेको थियो ।
संस्थाको संचालक समितिको निर्णय अनुसार आ.ब २०८१÷८२ को शेयर पूँजीमा ६% करकट्टि सहितको दरले लाभांश वितरण गर्ने प्रस्ताब पारित गर्ने निर्णय पनि गरेको छ ।
यसैंगरी संस्थाका संचालक समितिको निर्णय अनुसार आ.ब २०८१÷८२ को संरक्षित पुँजी फिर्ता कोषमा रहेको रकम मध्ये रु ५० लाख रकम नियमानुसार वितरण गर्ने प्रस्ताब पारित गर्ने निर्णय पनि साधारणसभाले गरेको छ ।