पुष ,९ काठमाडौँ - बाघको आक्रमणबाट पर्सामा एक युवकको मृत्यु भएको छ । बाघको आक्रमणमा परी पटेर्वा सुगौली गाउँपालिका–२ थरकटीका ३२ वर्षीय मनोज उराँव धाँगडको मृत्यु भएको हो ।
घरनजिकै जंगलमा शौच गर्न गएका धाँगड आज बेपत्ता भएका थिए । उनको खोजतलास गर्ने क्रममा शव फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षकले सिएफ़एन खबर लाई जानकारी दिए ।
‘धाँगडको टाउको र खुट्टा नभएको अवस्थामा शव फेला परेको छ,’ उनले भने । धाँगडको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
९ पुस २०८०, सोमबार ०८:४३ मा प्रकाशित