गोरखाको भीमसेनथापा गाँउपालिकामा आजदेखी तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गोरखा । गोरखाको भीमसेनथापा गाउँपालिकामा पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आजदेखी सुरु भएको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना वडा नम्बर ७ स्थित बोर्लाङमा रहेको श्री सरस्वती माध्यामिक विद्यालयको समन्वयमा विहिबारदेखि प्रतियोगिता सुरु हुन लागेको हो ।

गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख समेत रहनु भएका वडा नम्बर ७ का वडाध्यक्ष नारायण श्रेष्ठलेका अनुसार प्रतियोगिताको गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडाले एक कार्यक्रमका विच उद्घाटन गरेकि हुन् ।

प्रतियोगिता मङ्सिर ३० गतेसम्म सञ्चालनमा आउने छ । प्रतियोगितामा पालिका भित्रका माध्यामिक विद्यालयबाट खेलाडीहरुले प्रतिस्पर्धा हुने छ । एथ्लेटिक्सका सवै खेलहरु कमलपोखरी खेलकुद मैदानमा हुनेछ भने भलिवल र कबड्डी लगायतका खेल विद्यालयको प्राङगढमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा चालु शैक्षिक सत्र २०८० मा पालिकाभित्रका विद्यालयहरुमा कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत १८ वर्ष मुनिका विद्यार्थीहरु मात्र अन्तरविद्यालय प्रतियोगितामा सहभागी हुने आयोजनकले जानकारी दिएको छ ।

प्रतिक्रिया