सम्भव नेपालको गोरखाका सामुदायिक बिधालयका बिद्यार्थीहरुमा सहयोग

गोरखा । गोरखाको चुमनुब्री ,धार्चे ,आरुघाट ,भिमसेनथापा गाउपालिकाका सामुदायिक बिधालयका विद्यार्थीहरुलाई सम्भव नेपाल नामक सस्थाले ट्रयाकसुट तथा स्कुलब्याग वितरण गरेको छ । 

एस द हिमालयनका प्रोपाइटर , एलओडि का बोर्ड डाइरेक्टर युवा ब्यबसायी तथा समाजसेवि प्रेम कुमार खत्रीले आफ्नै गाँउठाँउमा केहि गरौ भन्ने उद्देश्यले स्थापना गरेको संस्था सम्भव नेपाल नामक सस्थाले विभिन्न परियोजनाहरु मार्फत गोरखा जिल्लाका विभिन्न क्षेत्रहरुमा सेवा प्रदान गर्दै आइरहेको छ । खत्री समाज सेवामै लागेका कारण राष्ट्रपति बाट सम्मानित भइसकेका छन्  । उनी युवा सफल ब्यबसायी मात्र नभई सम्भव नेपालका अध्यक्ष ,नेपाली कांग्रेस गोरखाका महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य हुन् ।

यहि मङ्सिर २६, २७ र २८ गतेका दिन आरुघाट गाँउपालिका अन्तर्गत रहेका सम्पूर्ण ४० वटा सामुदायिक विद्यालयका कूल ६,५०० जना विद्यार्थीहरुलाई पठनपाठनमा सहजताका साथै मौसम अनुसारको आवश्यकतालाई मध्यनजर गर्दै ट्रयाकसुट, स्कुलब्याग, होमवर्क डायरी, जुत्ता, मोजा र ऊनीको टोपी वितरण गरीएको छ । 


हालसम्म विगत ३ वर्षदेखि ट्रयाकसुट तथा स्कुलब्याग परियोजना मार्फत् चुमनुब्री, धार्चे, आरुघाट, भिमसेन थापा, का सामुदमयिक विद्यालयका विद्यार्थीहरुलाई ट्रयाकसुट - १९,६०० सेट , स्कुलब्याग-  १९,६०० , होमवर्क डायरी -१९,६००, उन को टोपी -१९,६०० जुत्ता र मोजा ६,५०० जोर वितरण भइसकेको छ । 

साथै यस सस्थाले स्वास्थ्य सस्था , कृषी क्षेत्रको बिशेश परियोजना हरु ल्याउदै छ ।
 




प्रतिक्रिया