आगो ताप्ने क्रममा जलेर एकजनाको मृत्यु

काठमाडौँ । चिसो बढेपछि आगो ताप्ने क्रममा सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका-८ दमैटोल बस्ने ४५ वर्षीय लोक बहादुर नेपालीको सोमबार राति आगोले जलेर मृत्यु भएको   छ  । आफ्नै घरमा आगो ताप्ने क्रममा आगलागी हुँदा जलेर उनको घटनास्थलमै मृत्यु भएको हो । 

आगलागी हुँदा ग्यास सिलिन्डर पड्किएको छ भने घर जलेर पूर्ण रूपमा क्षति भएको छ । उनका दुई छोराछोरीको सकुशल उद्धार गरिएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया