सीता आचार्य, काठमाडौं ०४ अशोज ।
उठ्लान सबैले उपहास गर्लान, तबसम्म सहनशील भएर देखाउ,
पटुकी कसेको भोको पेटले अरुको बनि गर्नुपर्ला
भिजेको शरीर गोठाला पात,घर धन्दा गरेर देखाउ ।।
मान्छेसंग बोल्न जानिन श्रीमती, पाखे छे भन्छौ भनें
नोकर भएर आसुको सहारामा बच्चा को थाङ्ग्ना स्याहारेर देखाउ ।।
खुब ठुलो नारिबादको भासण छांटेको सुने मैले
परिबर्तन गर्ने हिम्मत भए बिधुवाको सिउंदो भरेर देखाउ ।।
कति जल्छन नारिहरु ब्यथा गुम्स्याउनेलाई आभास हुन्छ
जन्जिर बांधेर दुई चार दिन पराइको जालमा परेर देखाउ ।।
आधुनिक श्रीमती खोज्नेले दिमाग् आधुनिक बनाए पुग्छ,
इच्छाशक्ति उजागर गराइ आफू पछि सरेर देखाउ ।।
भावना र दिमागी हालत जतिबेलै बिक्षिप्त बनाइ
शारीरिक अस्वस्थता प्रसब पीडा मासिकब्यथा भोगेर देखाउ ।।
अस्तित्व जोगाउन हजारौं संग जुधेर इज्जत बचाउन पर्छ,
दुखाइको नमिठो चित्कारसंग आफ्नै खुन सोहोरेर देखाउ ।।
जल्दो अस्तित्व गुमाएर छोरी हैन बुहारी भनुन,
ऐना हेरेर निख्रेको जवानिमा अरुको सिन्दुर छरेर देखाउ ।।
हांस्न हिड्न प्रतिबन्ध फलानाकी स्वास्नी भन्न थाल्छन
फुल झैं जिन्दगी सयौं कांडे तार भित्र झरेर देखाउ ।।