गोरखा, मंसिर १६ । गोरखाको शहीद लखन गाउँपालिकामा भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सिलिङबाट दोभानतर्फ ढुङ्गा बोकेर जाँदै गरेको ध १ त १२५ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा जिल्लाको शहीद लखन गाउँपालिका–३ बस्ने २९ वर्षीय पदम थापामगरको ज्यान गएको ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकले बताउनुभयो । आज भएको दुर्घटनामा गम्भीर घाइते भएका थापामगरको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भगएको उहाँँले जानकारी दिनुभयो ।
दुर्घटनामा ट्रयाक्टर चालक गोरखा नगरपालिका–१३ बस्ने ३५ वर्षीय विश्वास गुरुङ, तनहुँ आँबुखैरेनी–३ बस्ने २२ वर्षीय प्रदीप अर्याल र बहिद लखन–३ बस्ने २६ वर्षीय रामबहादुर आले सामान्य घाइते भएको छ । प्रहरीले ट्रयाक्टर चालक गुरुङलाई नियन्त्रणमा लिएको छ ।