काठमाडौं २१ साउन।
सालवी विश्वास
अन्तर आत्मा पूकार गर्छ खुट्टा ढोग्न छोड्दे अब
उपभोग्य बस्तु ठान्ने सवै नाता तोड्दे अब ।।
पाईला चाल्ने सिमानामा चार चौकोस पर्छ भने
मैदानमा खुट्टा टेक्न घरको साँचो फोड्दे अब ।।
१८ घन्टा घरभत्रि गधा जस्तै जोतएिको
नाफा घाटा कति भयो हर हिसाब जोड्दे अब ।।
मान्छे बन्न नदनिे यो समाजलाई मान्नुभन्दा
दुई नम्वरी दर्जा दिने समाजलाई नै गोड्दे अब ।।
२१ साउन २०८१, सोमबार १०:३७ मा प्रकाशित