मान्छे जन्मिन्छ, बाँच्छ, लड्छ, रून्छ, हाँस्छ अनि एक दिन मर्छ...
तर प्रश्न यो हो — “मान्छेको जीवनले के भन्छ ?“
त्यो सासले, त्यो आँखाले, त्यो शरीरले, त्यो आत्माले हामीलाई के सिकाउँछ ?
आज २० सत्यहरूमा समेटेर जीवनको चित्र कोर्दैछु...
१. जन्म भन्छ – तिमी यहाँ आफ्नै इच्छाले होइन, कर्मको फलले आएको हौं ।
शिशु जन्मिएपछि रुन थाल्छ, किनकि उसले संसारको पीडा महसुस गर्छ ।
तर त्यो रुवाइ नै जीवनको पहिलो आवाज हो — “अब बाटो सजिलो छैन ।“
२. शरीर भन्छ – म त केवल एउटा साधन हुँ, मालिक त तिमीभित्रको आत्मा हो ।
शरीर दिन प्रतिदिन बुढो बन्छ, थाक्छ, रोगी हुन्छ, तर आत्मा कहिल्यै नथाक्दो, नबुढिँदो हुन्छ ।
३. माता–पिता भन्छन् – हामीले तिमीलाई जन्म दियौं, तर जिन्दगी तिमीले नै बनाउनुपर्छ ।
उनीहरू प्रारम्भ हुन्, तर अन्त्यसम्म साथ दिने छैनन् ।
तिमी एक दिन आफैं एक्लै बाँच्नुपर्नेछ ।
४. समय भन्छ – म कहिल्यै रोक्दिन, तिमीले मलाई गुमायौ भने, म कहिल्यै फर्किन्न ।
आजको समय गुमाउनु भनेको भविष्यको अवसर गुमाउनु हो ।
५. शिक्षा भन्छ – म तिमीलाई ज्ञान दिन सक्छु, तर बुद्धि तिमी आफैंले कमाउनुपर्छ ।
पढेर डिग्री पाउनु सजिलो छ, तर बुझेको कुरा जिउनु कठिन ।
६. माया भन्छ – साँचो माया पाउँदा कदर गर, किनकि झुटो माया धेरै सजिलै भेटिन्छ ।
तिमी जसलाई मनबाट माया गर्छौ, उनीहरू सधैं तिमीलाई माया गर्लान् भन्ने छैन ।
७. शरीरका आँखा भन्छन् – धेरै कुरा देख्छौं, तर सबै कुरा बुझ्न सक्दैनौं ।
अहँ, आँखाले देख्ने भन्दा पनि मनले महसुस गर्ने संसार फरक हुन्छ ।
८. मन भन्छ – म तिमीलाई दुई दिशा देखाउँछु – आशा र निराशा । कुन चिनेउ भने जिन्दगी बदलिन्छ ।
९.साँझ भन्छ – बिहान कति उज्यालो थियो भन्नु बेकार छ,
यदि साँझसम्म तिमी थाकिसकेका छौं भने ।
सारा कुराको मूल्य त केवल अन्त्यमा निर्धारण हुन्छ ।
१०.धन भन्छ – म तिमीलाई खुशी होइन, आराम दिन सक्छु ।
तर जब मन अशान्त हुन्छ, म तिम्रो लागि व्यर्थ बन्छु ।
११.इष्र्या भन्छ – म तिमीलाई अरूको खुशी देखेर जलाउँछु, ।
तर वास्तवमा तिमी आफैलाई जलाइरहेको हुन्छौ ।
१२.घमण्ड भन्छ – मसँग रहेछ भने, तिमी हार्ने निश्चित छौ ।
किनभने मसँग न त समझदारी हुन्छ, न त सहिष्णुता ।
१३. राम्रो व्यवहार भन्छ – म तिमीलाई सधैं सम्झाइनेछु, ।
जसरी एउटै मिठो शब्दले हजारौंको मन जितिन्छ ।
१४. मौनता भन्छ – म बोल्दिन, तर मेरो मौनताभित्र हजारौं चिच्याइरहेका पीडाहरू लुकेका हुन्छन् ।
जो बोल्दैन, सायद ऊ धेरै कुरा भोगिरहेको हुन्छ ।
१५.बिछोड भन्छ – जसलाई माया गर्छौ, उही टाढा जान्छ ।
तर सम्झना बाँकी रहन्छ – माया सधैं शरीरमै कहाँ बाँच्छ र ?
१६. सपना भन्छ – मलाई देख मात्र हैन, पुरा गर्न संघर्ष पनि गर ।
सपना साँचो हो भने निद्राले सुत्न दिँदैन ।
१७.संघर्ष भन्छ – म कठिन छु, तर म नै तिमीलाई दृढ बनाउँछु ।
मबिनाको सफलता खोक्रो हुन्छ ।
१८.मृत्यु भन्छ – म अटल छु ।
तिमी मलाई डराउनु होइन, बाँचुन्जेल अर्थपूर्ण बनाउनु ।
१९.संसार भन्छ – म सधैं साथ दिन्न,
तर तिमी सच्चा रह्यौ भने, एकदिन सम्झना अवश्य बनिन्छौ ।
२०.आत्मा भन्छ – म अमर छु ।
तिमीले जे जति दुःख, खुशी, पीडा, माया अनुभव गर्यौ —
सबै मसँग रहन्छ । शरीर त केवल बाहिरी खोल मात्र हो ।
जिन्दगी भन्छ – म यात्रा हुँ, गन्तव्य होइन ।
र म तिमीलाई दुःख, पीडा, माया, हार, जीत, बिछोड, पुनर्मिलन सबै सिकाउँछु ।
तर तिमीले मलाई गहिराइमा बुझेऊ भने — म तिमीलाई आत्मज्ञान बन्छु ।