यू-१९ एसिया कपमा नेपालले दियो भारतलाई ५३ रनको लक्ष्य

काठमाडौं : यूएईमा जारी यू-१९ एसिया कपमा नेपालले भारतलाई ५३ रनको लक्ष्य दिएको छ। आफ्नो समूह चरणको अन्तिम खेल बलियो भारतविरुद्ध नेपालको कमजोर सुरुवात गरेपछि भारतले नेपाललाई सस्तैमा समेटेको हो। 

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले २२ ओभरमा सबै विकेट गुमाएर जम्मा ५२ रन बनाएको हो। भारतिय बलरका सामु नेपाली ब्याट्सम्यानहरू निरिह साबित भए।  नेपालका कुनै पनि खेलाडीले भारतीय बलिङ सामु दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि हेमन्त धामीले १८ बलमा १ चौकासहित सर्वाधिक ८ रन बनाए। अर्जुन कुमाल र दिपक बोहराले समान सात सात रन, कप्तान देव खनाल २ रन, गुलशन झा ४ रन, आकाश चन्द ४ रनमा अविजित, दिपक बोहरा एक रन, दिपक डुम्रे र उत्तम मगरले खाता खोल्न सकेनन्। 

भारतका राज लिम्दानीले सात विकेट, आराध्य शुक्ला दुई विकेट, अर्सुन कुलकर्नीले एक विकेट लिए।

प्रतिक्रिया