पिपिएलए नेपालका नवनिर्वाचित कोषाध्यक्ष घिमिरेलाई लायन्स क्लब अफ ओखलढुंगाको सम्मान

काठमाडौं, ५ असार ।

प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन नेपाल (पिपिएलए नेपाल) को २०८२ जेठ ३१ गते सम्पन्न निर्वाचनबाट कोषाध्यक्षमा निर्वाचित अधिवक्ता कुमारप्रसाद घिमिरेलाई लायन्स क्लब अफ ओखलढुंगाले सम्मान गरेको छ । 

काठमाडौंको चावहिलस्थित क्लबको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी घिमिरेलाई सम्मान गरिएको लायन्स क्लब अफ ओखलढुंगाका अध्यक्ष कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो । 

क्लबका फस्ट भाइस प्रेसिडेन्ट समेत रहनुभएका घिमिरेलाई क्लबका सम्पूर्ण पदाधिकारीहरुले बधाई दिँदै खुसी व्यक्त गर्नुभएको समेत अध्यक्ष खनालले बताउनुभयो ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष हरिप्रसाद दाहाल, पूर्व अध्यक्षहरु लेखनाथ दाहाल, तेजप्रसाद धमला, चित्रकुमार दाहाल लगायतको उपस्थिति रहेको थियो ।

हक्की स्वभावका नव निर्वाचित कोषाध्यक्ष घिमिरे विगत २५ वर्षदेखि कानून व्यवसायीको रुपमा क्रियासिल हुनुहुन्छ । 

प्रतिक्रिया