काठमाडौं, ३ भाद्र ।
गोकर्णेश्वर नगरपालिका वडा नं. ६ जोरपाटीमा रहेको वडा भवन नजिक पुग्ने जोकोहीको नजर भित्तातिर लोभिन्छन् । यहाँको भित्ताभरी कलात्मक तरिकाले भित्ते चित्रहरु सजाइएको छ ।
यहाँ गोकर्णेश्वर नगरपालिकाभित्र रहेका सांस्कृतिक र ऐतिहासिक स्थलरुलाई जस्ताको त्यस्तै कोरिएको छ । जोरपाटीबाट सुन्दरीजल जाने मार्गमा बौद्धनाथ, चामुण्डा, गोकर्णेश्वर महादेव, बागद्वार, तारेभिर, कान्तिभैरव लगायतका ऐतिहासिक धरोहरहरुलाई नियाल्न सकिन्छ । कला, संस्कृति जगेर्ना गर्दै आउनुभएका नगरप्रमुख दिपक रिसालको परिकल्पनामा यी नाङ्गा पहराहरु कलात्मक तरिकाले सजिएका हुन् ।
यहाँ दिनहुँ यात्रुहरुको भिड लाग्ने देखिन्छ । पैदल यात्रुले फोटो, भिडियो खिच्ने साथै गाडीमा सवार यात्रुहरुले समेत अवलोकन गरिरहेका हुन्छन् ।
यसै क्रममा नजिकै रहेको योगमाया महिला विद्यालयमा अध्ययनरत शिक्षार्थीहरुले समेत अवलोकन गरेका छन् । शिक्षार्थीहरुले मेयर रिसाल र वडाध्यक्ष नवराज लामालाई स–धन्यवाद सहित आभार प्रकट गर्दै खुसी व्यक्त गरेका छन् ।
हेनुहोस् भिडियो :