कागेश्वरी मनोहरामा प्रहरी प्रभाग भवन उद्धघाटन

काठमाडौं २९ साउन । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९ मा रहेको प्रहरी प्रभागको भवन उद्धघाटन गरिएको छ । काँडाघारीमा रहेको उक्त नवनिर्मित व्यारेक भवन काठमाडौं जिल्ला प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक विश्व अधिकारी र नगर प्रमुख उपेन्द्र कार्कीले गर्नुभएको हो । उक्त भवन १५ लाखको लागतमा सम्पन्न भएको बताइएको छ ।  भवन उद्घाटनमा बोल्दै एसएसपी विश्व अधिकारीले नवनिर्मित भवनबाट प्रहरीको कार्यक्षमता अभिवृद्धि हुने बताउनुभयो । त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले  नगरवासीको सुरक्षाप्रति प्रहरीमा नयाँ जोस जांगर र उर्जा बढेर जानेमा विश्वास व्यक्त गर्नुभएको थियो । 

प्रतिक्रिया