गोरखा । नाताले आफ्नै बहिनी पर्ने बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १ जना युवकलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अजिरकोट गाउँपालिका–५ मुच्चोकका ३१ बर्षिय पुरुष (‘च कुमार’ ) लाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गोखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी रबिन्द्र अधिकारीका अनुसार गएको शुक्रबार राती ९ बजेको समयमा यौन दुब्र्यवहार गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरीएको हो । घटनाका सम्वन्धमा पिडितकी आमाले प्रहरीमा उजुरी दिए लगत्तै उनलाई पक्राउ गरिएको प्रनि अधिकारीले बताए ।
१६ गते शनिबार पक्राउ परेका पिडकलाई १७ गते आइतबार नै बालयौन दुरुपयोग कसूर शिर्षकमा मुद्वा दर्ता गरिएको छ । आरोपितलाई आइतबार नै गोरखा जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीको हिरासतमा राखेर खनुसन्धान थालिएको पनि प्रनि अधिकारीले जानकारी दिए ।
१९ मङ्सिर २०८०, मङ्गलबार ०९:११ मा प्रकाशित