काठमाडौँ । गुल्मीको सत्यवती गाउँपालिका घर भएका ४४ वर्षीय डिल बहादुर गलामीले म्यासेजिङ एपमा साथी बनेर वार्तालाप स्क्रिन रेकर्ड गरेर चरित्र हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
गलामीलाई पुस २ मा बाँकेबाट पक्राउ गरिएको साइबर ब्युरोका सूचना अधिकारी (एसपी) ले सिएफ़ एन खबर लाई बताए ।
वार्तालापको स्क्रिन रेकर्ड सम्पादन गरेर आरोपीले सामाजिक सञ्जालमा अश्लील सन्देश पोस्ट गरेर एकल महिलाको चरित्र हत्या गरेको आरोप छ ।
उनलाई विद्युतीय कारोबार ऐन–२०६३ को कसुरमा काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको एसपी रायले जानकारी दिए । जिल्ला सरकारी वकिल कार्यालयले उनिबिरुद्धको अभियोग पत्र असोज १९ मा जिल्ला अदालतमा दर्ता गराएको थियो ।
४ पुस २०८०, बुधबार ११:२८ मा प्रकाशित