जुम्लाको हिमपात पछिको अबस्था भिडियो फोटोफिचर)

जुम्लामा फेरि गत शुक्रबार बिहानदेखिको हिमपात पछि मौषम सफा भएको छ । यसपटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो । लगातारको हिमपातले जनजीवन प्रभावित हुँदै गएको छ ।


हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ । चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ । हवाई यातायात भने अनियमित मौसमका कारण बन्द रहेको छ ।


हिउँबाट बच्न तथा न्यानो गर्न स्थानीय प्रशासनले पटक-पटक सूचनासमेत जारी गर्दै आएको छ । चिसोले अस्पतालमा बिरामीसमेत बढ्ने गरेका छन् । अस्पतालमा रुघाखोकीका बिरामी बढेका पाडब गुफा हेल्थ स्वास्थ चौकीका अधिकारिले जानकारी दिए ।

भिडीयो /फोटो : निरज भट्ट 


प्रतिक्रिया