ओखलढुंगाको जिल्ला समन्वय समितिको प्रमुखमा टेकराज भट्टराई निर्विरोध


@मन्दिरा दाहाल 

काठमाडौं ०३ कार्तिक । ओखलढुंगाको जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका उमेदवार टेकाराज भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ । स्थानिय तह उपनिर्वाचनअन्तर्गत आइतबार भएको उमेदवारी दर्तामा जिल्ला समन्वय समितिको प्रमुखमा भट्टराईको मात्रै उमेदवारी परेको थियो । जिल्ला सभामा नेपाली कांग्रेसको एकलौटी बहुमत रहेको कारण अरु दलले उमेदवारी नै दिएनन् । त्यसैले भट्टराई निर्विरोध निर्वाचित हुनुभएको हो। नेपाली कांग्रेसका भट्टराईलाई निर्विरोध निर्वाचित गर्न सहयोग पुर्याएको भन्दै कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले अन्य दलहरु प्रति धन्यबाद ज्ञापन गर्नुभएको छ । टेकराज भट्टराई नेका जिल्ला कार्य समितिका पुर्व सचिव र महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । २०३६ सालको विद्यार्थी आन्दोलन देखि राजनितिमा सक्रिय भट्टराईले प्रजातन्त्र प्राप्तिका लागि जेल जिवन समेत व्यतित गर्नुभएको छ । यतिखेर निल्लामा ने का का पुराना नेता भट्टराई प्रमुख बन्दा कार्यकर्तामा खुशी छाएको छ । जिल्ला कार्य समितिका सदस्य एक नारायण श्रेष्ठले त्यागी र इमान्दार नेताले ढिलै भएपनि अवसर पाउदा कांग्रेसीमा खुशी मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “ओखलढुंगाको राजनितिमा बल्ल सहि निर्णय भएको छ । डन, धन, तनहरु नै हावी भइरहेको बेला पुराना, त्यागी र इमान्दार नेताले अवसर पाउदा न्याय मिलेको आभास भएको छ । “ त्यस्तै नेकपा एमालेका नेता राम बहादुर खत्रीले टेकराज भट्टराईको विरुद्धमा पार्टीले उमेदवार नउठाउने निर्णय गरेको र मौन समर्थन गरेको बताउनुभयो । कांग्रेस नेता भट्टराईको सर्मथनमा नेकपा एमालले विज्ञप्ति नै निकालेर समर्थन जनाएको छ । नेकपा माओबादी, जसपा समेतले भट्टराईलाई समर्थन जनाएको छ । एकल मनोनयन दर्ता भएपछि भट्टराईले साथ सहयोग समर्थनका निम्ति सवैलाई धन्यबाद ब्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो,“नेका का नेता, कार्यकर्ता र अन्य दलका नेताप्रति साथ सहयोग समर्थनका निम्ति आभारी छु, । यतिखेर प्रजातन्त्र प्राप्तिमा बलिदान दिने सहिदहरु र भौतिक शरिरमा नरहेका मेरा सहकर्मी मित्रहरुलाई समेत म स्मरण गर्न चाहान्छु ,जसले यो व्यवस्था ल्याउनका निम्ति अमुल्य योगदान गर्नुभएको थियो ।"   मनोनयन दर्ताकै दिन भट्टराईको जन्मदिन समेत परेको थियो । नेपाली कांग्रेस ओखलढुंगाले आयोजना गरेको जन्मदिन उत्सवमा ओखलढुंगाका नेकपा एमाले, नेकपा माओबादी, जसपाका नेता कार्यकर्ता समेतको उपस्थिति रहेको थियो । सवै दलका नेता कार्यकर्ताको विचमा शुभकामना र धन्यबाद ज्ञापन कार्यक्रम उत्साहपुर्वक सम्पन्न भएको थियो । ओखलढुंगाका जम्मा ८ वटा पालिकामा १६ मत रहेका छन् । जसमध्य नेपाली कांग्रेसका ९, नेकपा एमालेका ५, नेकपा माओबादीका १ र जसपाका १ मत रहेका छन् ।  


प्रतिक्रिया