काठमाडौं, ६ असार ।
लायन्स क्लब अफ ओखलढुंगाको अध्यक्षमा प्रतिक अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ । एनपिटिसी लिमिटेड सरस्वतीनगर, काठमाडौंको सभाहलमा सम्पन्न क्लबको संयुक्त भेलाले अधिकारीकोे अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
क्लबका अध्यक्ष कृष्ण प्रसाद खनाल लगायतका पदाधिकारीहरुको पदावधि जुन ३० बाट सकिने हुँदा क्लबले लायन वर्ष २०२५÷२०२६ का लागि अधिकारीको नेतृत्वमा नयाँ पदाधिकारीहरुको निर्विरोध निर्वाचित गरेको क्लबका चाटर्ड प्रेसिडेन्ट हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।
सोही अवसरमा क्लबको संयुक्त भेलाले फस्ट भाइस प्रेसिडेन्ट कुमारप्रसाद घिमिरे, सेकेण्ड भाइस प्रेसिडेन्ट विष्णुप्रसाद घिमिरे, थर्ड भाइस प्रेसिडेन्ट देवीप्रसाद दाहाल, सचिव बाशुदेव भण्डारी र कोषाध्यक्षमा दिपकप्रसाद चौलागाँईलाई निर्विरोध निर्वाचित गरेको छ ।
त्यसैगरी सदस्यहरुमा क्लबका चाटर्ड प्रेसिडेण्ट हरिप्रसाद दाहाल, पास्ट प्रेसिडेन्टहरु लेखनाथ दाहाल, तेजप्रसाद धमला, चित्रकुमार दाहाल, जीवनाथ खतिवडा, गान्धर्वराज पौडेल, पुष्कर अर्याल, इमिडिएट पास्ट प्रेसिडेन्ट कृष्ण प्रसाद खनाल, दिपकप्रसाद दाहाल, युवराज दाहाल, रितबहादुर जमरकट्टेल (गणेश), सुमित जैन, रेखा अर्याल र टिष्टा दाहाल निर्वाचित हुनुभएको छ ।
२०७३ साल मंसिर १३ गते लायन्स क्लबस् अन्तर्राष्ट्रियमा दर्ता रहेको क्लबले आफ्नो उद्देश्य नै समाज सेवा गर्नु हो भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै लायनवादका उद्देश्य तथा नैतिक सिद्धान्तमा आधारित रहेर शिक्षा, स्वास्थ्य, पर्यावरण लगायतको क्षेत्रमा काम गरिरहेको क्लबका पास्ट प्रेसिडेन्ट लेखनाथ दाहालले जानकारी दिनुभयो ।
सन् १९१७ मा अमेरिकाको सिकागोका विमा व्यवसायी मेल्भीन जोन्सले प्रथम विश्वयुद्धमा परेका मानिसहरूको सहयोग गर्ने उद्देश्यले स्थापना गरेको लायन्स क्लबस् नेपालमा भने वि.सं. १९७१ देखि पूर्व प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाको अगुवाईमा पूर्वी नेपालको विराटनगरबाट सुरुवात भएको बताइएको छ ।