नेकपा एमालेको पोलिटब्युरो सदस्य निरूदेवी पाल अघिल्लो प्रतिनिधि सभामा महिला तथा सामाजिक मामिला समितिकी सभापति थिइन्।
पाँच वर्षसम्म समितिको सभापति हुँदा उनले बालबालिकाको हकहितका विषयमा धेरै पटक छलफल गरेकी छन्, बहस गरेकी छन् र निर्देशन दिएकी छन्।
त्यसैले पनि उनलाई बालबालिकालाई कस्तो ठाउँमा प्रयोग गर्न हुने र कस्तो ठाउँमा गर्न नहुने भन्ने विषयमा राम्रोसँग जानकारी हुनुपर्ने हो।
एउटा पार्टीको पोलिटब्युरो सदस्यलाई राजनीतिक दलसम्बन्धी ऐनले निर्दिष्ट गरेका विषयहरू थाहा नहुने कुरा भएन।
तर आइतबार विद्यालय चलिरहेकै बेलामा अछामको पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीले स्कुल पोशाकमै आएर आफ्ना अध्यक्ष केपी शर्मा ओलीको पक्षमा नाराबाजी गर्दा उनले त्यो गलत हो,रोकौं चाहिँ भन्न सकिनन्।
बरू बिद्यार्थीहरूले ‘केपी बा हाई-हाई’ भन्दै गरेको नाराबाजीको भिडिओ फेसबुकमा पोष्ट गरिन्। यद्यपि, अहिले उनले त्यो भिडिओ हटाएकी छिन्।
उक्त भिडियो अहिले सामाजिक सन्जालमा भाइरल छ । उनले आफूले पहिले भिडिओ पोष्ट गरे पनि पछि गलत जस्तो लागेर हटाएको बताइन्। उनले ओली विद्यालयकै छेउमा बसेको र स्कुलका विद्यार्थीहरूले केपी बालाई देखाइदिनु भनेर जबरजस्ती गरेपछि प्रधानाध्यापकले ओलीलाई देखाउन ल्याएको बताइन्।
बाकी साभार भिडियो रिपोर्ट :
