काठमाडौं ०३ असोज । महालक्ष्मी विकास बैंकले देशमा घटेका विभिन्न दुःखद घटनाहरुमा भएको जिउधनको क्षतिले अत्यन्तै मर्माहत बनाएको प्रेस बक्तब्यमार्फत जनाएको छ । यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तीको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भनी कामना समेत गरेको छ । साथै, उपचारार्थ रहेका सम्पुर्ण घाइते व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
उक्त घटनाहरुमा सरकारी, सार्वजानिक र निजि सम्पतीहरुमा भएको क्षति प्रति बैंक गहिरो दुःख प्रकट गर्दै आफ्ना सम्पुर्ण साखाबाट सेवा विस्तार रहेको जनाएको छ ।
लेकसाइड पोखरा शाखा रहेको भवन पुर्ण रुपमा क्षतिग्रस्त भएको बताउदै उक्त शाखा कार्यालयबाट प्रवाह हुने बैकिङ्ग सेवाहरु नजिकको शाखा कार्यालयहरु मार्फत लिन सुचना उल्लेख गरेको छ
४ असोज २०८२, शनिवार ०९:२५ मा प्रकाशित