प्रेममा आधारित यादमा तिम्रै बोलको गीत सार्वजनिक

काठमाडौं २९ बैशाख । माया प्रेममा आधारित यादमा तिम्रै बोलको गीत सार्वजनिक भएको छ । सम्झना र बिछोडका भावनालाई समेटेर उक्त बोलको गित सार्वजनिक भएको हो । यस गीतमा बिनोद महतारा, पूर्णकला विसी, सपना सुनाम र सुमन विश्वकर्माको स्वर रहेको छ । शब्द र संगीत अर्जुन गुरुङले सिर्जना गरेका हुन् । गीतको एरेन्ज तिलक ओलीले गरेका छन् । भिडियो छायांकन र सम्पादन जेनेक्स मिडियाले गरेको हो । 

बिनोद महताराको स्वरमा सजिएको यस गीतको भिडियोमा कलाकार बिनोद महातारा, पूर्णकला विसी, सुमन विश्वकर्मा र सपना सुनाम रहेका छन् । 


प्रतिक्रिया