अपाङ्ग भएकै कारण अवसरबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ: प्रमुख सचेतक न्यौपाने

अपाङ्गता भएका व्यक्तिहरुको ३२ औँ अन्तर्राष्ट्रिय दिवस। संयुक्त राष्ट्रसंघको पहलमा विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार प्रवर्धनको लागि “अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस” सन १९९२ देखि मनाउन थालिएको हो । यो दिवस हरेक डिसेम्बरको ३ तारिखमा मनाइन्छ । नेपालमा पनि यो दिवस सन १९९३ देखि मनाउन थालिएको हो ।

नेपाल नेत्रहिन संघ पुनस्थापना कार्यक्रम गोरखाको आयोजनामा भिमसेनथापा गाउपालिका ,बारपाक सुलिकोट गाउपालिका  र आरुघाट गाउँपालिका संगको सार्वजनिक सुनुवाई तथा पालिका स्तरिय परियोजना सल्लहाकार समितिको बैठक कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक नन्द प्रसाद न्यौपाने ले अथितिको रुपमा शुभकामना राख्ने क्रममा समुन्नत नेपाल, सम्मानित नेपाली' बनाउने हाम्रो सपनाको सबैभन्दा महत्त्वपूर्ण विषय हरेक नागरिकलाई समान अवसर हो। हामीले कोही पनि व्यक्ति अपाङ्ग भएकै कारण त्यो अवसर बाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने छ। समतामुलक कानुनको निर्माण गरी अपाङ्गता भएका व्यक्तिहरूलाई हरेक संयन्त्रमा अपनत्वको आभास दिलाउँदै, सबै नागरिकको सहभागिता लाई समावेशी बनाउने मुख्य जिम्मेवारी सरकार, हामी सबैको हो भन्नु भयो। साथै अपाङ्गता दिवसको अवसरमा हामी सबैलाई अपाङ्गता भएका व्यक्तिहरू सँगै मिलेर उहाँहरूको बृहत्तर हितको र समुन्नत नेपाल निर्माणमा लाग्ने प्रेरणा मिलोस् भनि आफ्नो शुभकामना राख्नु भयो। साथै अन्य आयोजक पालिकाका अध्यक्ष लगायत प्रतिनिधि हरुले पनि हकहितमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया