काठमाडौं, ३ भाद्र ।
आज दिउँसो देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
विभागका अनुसार लुम्बिनी प्रदेशको पहाड र तराइ साथै कोशी प्रदेश, बाग्मती प्रदेश, र कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुइ स्थानमा भारी बर्षाको सम्भाबना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाड र तराइ साथै कोशी प्रदेशको पहाडी भू–भाग केही स्थानहरूमा र मधेश प्रदेश र कोशीको तराइको एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राती कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशको पहाडी तथा तराई भू–भाग लगायत बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको अनुमान छ ।